दाङ जिल्ला अदालतको फैसलामा विवादित बनेका न्यायाधीश खड्कालाई सर्वोच्चमा तानियो

दाङ जिल्ला अदालतको फैसलामा विवादित बनेका न्यायाधीश खड्कालाई सर्वोच्चमा तानियो
+
-

काठमाडौं-सर्वोच्च अदालतको स्ट्यान्डिङ कमिटिले दाङ जिल्ला अदालतका तत्कालिन न्यायाधीश चुरामन खड्कालाई सर्वोच्च अदालतमा तानेको छ। शुक्रबार बसेको कामु प्रधानन्यायाधीश दिपक जोशी सहित ५ जना बरिष्ठतम न्यायाधीशको स्ट्यान्डिङ कमिटि बैठकले खड्कालाई सर्वोच्चमा तान्ने निर्णय गरेको हो।

सर्वोच्चले शुक्रबारनै स्ट्यान्डिङ कमिटिको निर्णयबारे खड्कालाई इमेलबाट जानकारी गराएको सर्वोच्च अदालतको बिश्वस्त श्रोतले जनाएको छ।  खड्का हाल  काठमाडौं जिल्ला अदालतमा न्यायाधीश रहेका थिए।

श्रोतका अनुसार आइतबार नै सर्वोच्चले खड्काको बयान लिने र दोषी पाईए थप छानबिन र कारवाहीका लागि न्याय परिषद्लाई सिफारिस गर्ने सम्भावना रहेको छ।

यस्तै खड्काले प्रमाण पुर्याएर फैसला गरेको भए पनि प्रमाण किर्ते भए नभएको जाचबुझ गर्न सरकारलाई सर्वोच्चले आदेश दिने सम्भावना रहेको बुझिएको छ।

दाङ जिल्ला अदालतमा रहेका बेला खड्काले २०७४  पुस २९ गते गरेको फैसला विवादित बनेको हो।

खड्काको फैसलाले चिन्दै नचिनेको मानिसलाई श्रीमान् बनाएको भन्दै निरमाया पुनले जिल्ला अदालतको फैसला उपर प्रधानन्यायाधीशको सचिवालय र न्यायपरिषद् कार्यालयमा उजुरी दिएकी थिएन।

जिल्ला अदालत दाङमा हुँदा न्यायाधीश खड्काले बागलुङकि निरमाया पुन दाङका दिपक पुनकि श्रीमती भएको भनेर गरेको फैसला केही दिन अगाडि सञ्चारमाध्यममा सार्वजनिक भए पछि सर्वोच्च अदालतले घटनालाई गम्भीरताका साथ लिएको श्रोतले जनाएको छ।

कामु प्रधानन्यायाधीश जोशीको सक्रियतामा शुक्रबार बसेको बैठकले घटनाको सत्य तथ्य बुझ्ने पनि निर्णय गरेको थियो।

के थियो विवाद?

बाग्लुङका प्रेमबहादुर पुन भारतीय सेनाबाट अवकाश हुन लागेका थिए। प्रेम बहादुरले पेन्सन पट्टा बनाउँदा हकवालामा दुईजनाको श्रीमतीको नाम राख्न खोज्दा उनकी जेठी श्रीमती निरमायालाई प्रेमले दोश्रो विवाह गरेको थाहा हुन्छ।

उनीहरु बीच विवाद हुँदा निरमायाले जिल्ला अदालत कास्कीमा बहुविवाहको मुद्दा दायर गर्छिन। पछि घटनाले अनेक मोड लिन्छ र दाङका दिपक पुनले अदालतमा बयान क्रममा निरमाया आफ्नो श्रीमती भएको दाबी गर्छन।  यता दिपककी श्रीमतीले जिल्ला अदालत दाङमा दिपक विरुद्ध पनि बहुविवाहको मुद्दा दायर गरिन।

दिपक पुनकि श्रीमतीको मुद्दामा न्यायाधीश खड्काले गत पुस २९ गते फैसला गर्दै दिपकलाई बहुविवाहको मुद्दामा १ वर्ष कैद र ५ हजार जरीवाना गरेका थिए।

दिपकलाई निरमायासँग विवाह गरेको आरोप लाग्दा निरमायाले भने दिपकलाई चिन्दै नचिनेको बताउँदै आएकी छिन्।

उता निरमायाका श्रीमान् प्रेम बहादुरले भारतीय सेनामा रोक्का रहेको बिभिन्न रकम निकालेका छन्।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’