चन्द्रमा घुम्ने अवसर सित्तैमा

चन्द्रमा घुम्ने अवसर सित्तैमा
+
-

विश्वभरीबाट सातजनालाई चन्द्रमा घुम्न जाने मौका मिल्ने भएको छ, त्यो पनि सित्तैमा।

चन्द्रमा घुमेर आउने यो कार्यक्रम सन् २०२३ मा सम्पन्न गरिने छ। यसका लागि रजिस्ट्रेशन भने खुला भइसकेको छ ।

जापानका एकजना अर्बपति व्यापारीले सन् २०२३ मा चन्द्रमा घुमेर आउने योजना बनाएका छन्। उनी यस यात्रामा एक्लै जान चाहन्नन्। अब करोडो डलर खर्च गरेर उनलाई ३ लाख ८४ हजार किमीको ६ दिने यात्रामा साथ दिन को जाने? यसको उपाय उनले आफै खोजे। २०२३ मा हुन गइरहेको चन्द्रमाको फ्लाइटमा उनले ८ वटा टिकट बुक गरे र आफू बाहेक अन्य सातजनालाई आफूसँग जाने खुल्ला ‘अफर’ दिएका छन् । उनले यसका लागि एउटा वेबसाइट नै खोलेर संसारभरिबाट सातजना रोज्ने निर्णय गरेका छन् ।

जापानका यी अर्बपति व्यापारीको नाम यूसाकु माइजवा हो। २२ नोवेम्बर १९७५ मा जन्मिएका यूसाकु अहिले सिंगल छन, केही समय पहिला उनले डिभोर्स गरेका थिए। फेसन क्षेत्रका यी व्यापारीको कुल सम्पति २.२ बिलियन डालर रहेको छ। जापानका २२ औँ नम्बरका धनी यूसाकु विश्व बरियतामा भने ११३५ स्थानमा रहेका छन्। नेपालका विनोद चौधरी भने १.४ बिलियन डालरका साथ विश्व बरियतामा १५१३ औँ स्थानमा पर्छन् ।

अहिले आफ्ना विभिन्न सोसल प्लेटफर्मबाट उनी आफूसँग जान चाहने इच्छुक व्यक्तिको खोजी गरिरहेका छन् ।

यसका लागि निकै झण्झटिलो प्रोसेस छैन। चन्द्रमामा जानका लागि आफ्नो नाम रजिस्टर गराउन तपाईँले यस प्रयोजनका लागि खोलिएकोमा गई सजिलै आफ्नो नाम दर्ता गर्न सक्नु हुन्छ । नाम रजिस्टर गर्नसाथ तपाईँले उनका सबै सोसल प्लेटफार्मको विवरण पाउनु हुन्छ।

यस ६ दिने चन्द्रयात्रामा जाने दुईजना व्यक्तिको निर्धारण भइसकेको छ। यात्रामा १०–१२ जनासम्म लाई लगिने छ। यूसाकुले आफ्ना लागि ८ सीट बुक गराएका छन्।

एकजना उ आफै यात्रामा जान्छन् सातजनाको चयन भने उनले विश्वव्यापी रूपबाट गर्ने योजना राखेका छन्। अन्य सीटका लागि भने एकजनाको नाम निर्धारित भइसकेको छ। उनी हुन विश्वकै धनी एलन मस्क अन्य दुई–तीनजनाको नाम छनौटको अधिकार भने एलन मस्कसँग रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?