काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूप्रतिको समर्थन संसदबाट फिर्ता लिएमा आफूले संसदबाट पुन: विश्वासको मत लिने प्रतिबद्धता व्यक्त गरेका छन्।
आफूपक्षीय सांसदहरुको बालुवाटारमा आइतबार आयोजित संसदीय दल बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहालले आफूप्रतिको समर्थन फिर्ता लिए फेरि विश्वास मत आर्जन गर्ने प्रतिबद्धता गरेका छन्।
राष्ट्रियसभामा नेकपामा प्रमुख सचेतक खिमलाल देवकोटाले प्रधानमन्त्री ओलीले संसदीय दल बैठकमा ब्रिफिङ गर्दै विश्वासको मत लिने प्रतिबद्धता व्यक्त गरेका हुन्। संसदीय दलमा आफूपक्षीय ११५ सांसद रहेको र केही दिनमै १३० पुर्याउने दाबीसमेत ओलीले गरेका छन्।
ओलीले सभामुख अग्नि सापकोटाप्रति बैठकमा आक्रोश पनि व्यक्त गरेका छन्। उनले सभामुखप्रति इंगित गर्दै भने, ‘संसद बैठक कसरी चलाउनुपर्छ, अब म देखाउँछु।’
सभामुखले अपेक्षाअनुसार काम नगरेको र शंकास्पद काम गरेको प्रधानमन्त्री ओलीको आरोप थियो।
कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाई संसद डाकेकामा पनि प्रधानमन्त्री ओलीले आपत्ति जनाएका थिए।
सर्वोच्च अदालतले नेकपालाई अवैधानिकता दिँदै पुरानै एमाले र माओवादीको अवस्थामा पुर्याएपछि प्रधानमन्त्री ओलीले साबिकको एमालेको संसदीय दलको बैठक आफूले चाँडै डाक्ने बताएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































