एमाले बाहेकका शक्तिसँग मिलेर नयाँ सरकार: कांग्रेस नेता साउद

एमाले बाहेकका शक्तिसँग मिलेर नयाँ सरकार: कांग्रेस नेता साउद
+
-

काठमाडाैँ – नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिदा गरेर आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य सुरु गरेको छ।

सर्वाेच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्केसँगै अब कांग्रेसले नयाँ सरकार गठनका लागि एमाले बाहेकका शक्तिसँग सहकार्य गर्ने भएको हो।

अदालतकाे फैसलासँगै १२१ सिट रहेकाे नेकपा एमाले पहिलाे, ६३ सिट रहेकाे कांग्रेस दाेस्राे र ५३ सिट रहेकाे माओवादी केन्द्र तेस्राे हैसियतमा पुगेका छन्। ३४ सिटसहित जसपा चाैथाे हैसियतमा छ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट नेता एनपी साउदले ओली नेतृत्वकाे सरकारलाई बिदा गर्दै एमाले बाहेकका शक्तिसँग मिलेर कांग्रेसले नयाँ सरकार गठनकाे गृहकार्य गर्ने बताए।

नयाँ सरकारका लागि दुई ठूला दल एमाले र कांग्रेसकाे सहकार्य हुने सम्भावना निकै कम रहेकाे उनले बताए।

‘या त अर्ली इलेक्सनमा जाने गरी सर्वदलीय सरकार गठन हुनुपर्‍याे, हैन भने एमालेबाहेकका शक्तिसँग मिलेर कांग्रेसले नयाँ सरकार बनाउने सम्भावना धेरै छ’, साउदले भने।

यसअघि नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि देउवाले नेकपा नफुट्दासम्म त्यसकाे सम्भावना नरहेकाे बताउँदै आएका थिए।

सर्वाेच्चकाे आइतबारकाे फैसलापछि नेकपा एकीकरण बदर भएसँगै कांग्रेसले नयाँ सरकार गठनकाे गृहकार्य सुरु गरेकाे हाे।

अलग पार्टी भएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमाले अध्यक्ष केपी ओली नेतृत्वकाे सरकार अल्पमतमा पर्नेछ। त्यसपछि प्रधानमन्त्रीले सदनमा विश्वासकाे मत लिनुपर्छ।

सरकारमा रहन  १३८ सांसदकाे समर्थन चाहिने हुँदा माओवादी केन्द्रले समर्थन फिर्ता लिए विश्वासकाे मत जित्न ओलीलाई थप १८ सांसद आवश्यक पर्छन्। एमालेका १२१ सांसद मध्ये एक जनाकाे निधन भइसकेकाे छ।

माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिनेबारे निर्णय गरिसकेकाे छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?