
सुर्खेत- कुडा कर्णालीका भन्ने मुख्य नाराका साथ कर्णाली उत्सवको चार दिने दोस्रो संस्करण कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको बुलबुले उद्यान परिसरमा सुरु भएको छ।
गत वर्ष फागुन १९, २० र २१ गते यही स्थानमा कर्णाली उत्सवको पहिलो संस्करण भएको थियो। गत वर्षकै लयमा अझै परिस्कृत गर्दै सुरु भएको कर्णाली उत्सवको दोस्रो संस्करणमा विभिन्न शीर्षकका १४ वटा बहसहरु हुनेछन्।
सदियौँदेखि बगिरहेको कर्णालीले यस प्रदेशको विद्यमान भोक, रोग, गरिबी र अभाव बगाउन नसकेको निष्कर्ष निकाल्दै यी समस्याहरु निरुपणका लागि उत्सवले केहीहदसम्म सहयोग गर्ने विश्वास आयोजक संस्था ऋति फाउण्डेशनका प्रतिनिधिले निकालेका छन्।
मौलिक कला र संस्कृति, ऐतिहासिक विरासत, पर्यटन, जलस्रोत, जडिबुटीका हिसाबले निकै महत्वपूर्ण क्षेत्रका मानिने कर्णाली वर्षोदेखि अभाव र दुःखको अर्को नाम बनिरहेकोमा आयोजकले चिन्ता जनाएका छन्।
यस संस्करणमा गत वर्ष जस्तै भोलिदेखि प्रत्येक दिनका दैनिक शीर्षकहरु ‘हाम्मो मानंबी,सुर्के थैली र कैथा कैथ्यो नेतृत्व अन्तर्गत’ विभिन्न सत्रहरु सञ्चालन हुनेछन्।
यो उत्सवले कर्णालीका अनेकन आयामहरुलाई बुझ्ने, बुझ्न चाहने र कर्णालीलाई गति दिन चाहने लेखक,पत्रकार, अध्ययता, नीतिनिर्मात र राजनीतिक दलका नेताहरु सबैका लागि महत्वपूर्ण कोशेढुंगा हुने विश्वास आयोजक संस्थाका सहसंस्थापक रेशमबहादुर बिष्टले बताए। दोस्रो संस्करणको उद्घाटन मौलिक धूनबाट गरिएको छ।