सर्वोच्चमा दुई र उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस

सर्वोच्चमा दुई र उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस
+
-

काठमाडौँ– पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशका सिफारिस भएका छन्।

शुक्रबार बसेको न्याय परिषद् बैठकले सर्वोच्चमा दुई न्यायाधीशका साथै उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस गरेको हो।

संसदीय सुनुवाईबाट अनुमोदन भएमा चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन्।

यस्तै उच्च अदालतमा रिक्त रहेको १८ जना न्यायाधीश पदमा पनि न्याय परिषदले सिफारिस गरेको छ।

नारायण प्रसाद पौडेल (उच्च अदालत पाटन), ऋषिराम राजभण्डारी (उच्च अदालत पोखरा), जगत नारायण पौडेल (उच्च अदालत विराटनगर), माधवेन्द्र रेग्मी (उच्च अदालत तुलसीपुर), पुरुषोत्तम प्रसाद ढकाल (उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास), विष्णु सुवेदी (उच्च अदालत पाटन, हेटौँडा इजलास) र अर्जुनप्रसाद कोइराला (उच्च अदालत जनकपुर, वीरगञ्ज इजलास)का लागि न्यायाधीशमा सिफारिस भएका छन्।

यस्तै अमृत बहादुर बस्नेत (उच्च अदालत पाटन), मेदिनीप्रसाद पौडेल (उच्च अदालत तुलसीपुर, बुटवल इजलास), रामेश्वर रेग्मी (उच्च अदालत जनकपुर), ममता खनाल (उच्च अदालत तुलसीपुर, बुटवल इजलास), फुर्वा तामाङ (उच्च अदालत विराटनगर, धनकुटा इजलास), श्रीराधा कुमारी पुडासैनी (उच्च अदालत पोखरा)को न्यायाधीशमा सिफारिस भएका छन्।

यसैगरी जगदीश घिमिरे (उच्च अदालत पाटन), पनम सिंह (चन्द) (उच्च अदालत सुर्खेत), सागर विष्ट (उच्च अदालत दिपायल), गणेश ठाकुर (उच्च अदालत विराटनगर, धनकुटा इजलास) र निर्मला शाक्य (उच्च अदालत पाटन, हेटौँडा इजलास)को न्यायाधीशमा सिफारिस भएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?