व्यङ्ग्य गजल

छुटे कति कति

छुटे कति कति
+
-

ढुकुटीमा प्वाल पारि लुटे कति कति।।
बोलौँ भनि मुख खोल्दा कुटे कति कति।।

खान्की खाली रहँदा भर्ना भरतालमा
भागवण्डा गरौँ भन्दा जुटे कति कति।।

लुछाचुँडी गरि गरि तँछाड मँछाडमा
आफ्नै भाँडा चर्किएर टुटे कति कति।।

पट्टी बाँधी आँखामा डण्डा चलाउँदा
घ्याम्पा थिए माटाका फुटे कति कति।।

झिँजाले पोल्यो मुढो नपत्याउने गरि
त्यसैमा हाँडी तताइ भुटे कति कति।।

मैहुँ भन्ने आए लामो पुच्छर देखाइ
नाक छोपी हिँड्न थाले ठुटे कति कति।।

हिजोसम्म काम्लामा सातु मोली खान्थे
शहरमा घरजाम गर्ने बुटे कति कति।।

यसो गर्छु उसो गर्छु भनि झुक्काइ वरि
गफै गफको पठुवा चुटे कति कति।।

ठगी चोरी बेइमानी पर्खाल भित्र थिए
कुरो मिलाइ दिवसमा छुटे कति कति।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?