‘कर्णालीमा मानव अधिकारको अवस्था नाजुक’

‘कर्णालीमा मानव अधिकारको अवस्था नाजुक’
+
-

सुर्खेत– कर्णाली प्रदेशमा मानव अधिकारको अवस्था अत्यन्तै नाजुक रहेको सरोकारवालाहरुले बताएका छन्। नेपाल राष्ट्रिय मानव अधिकार संगठन कर्णाली प्रदेश परिषद् भेलाको उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले कर्णालीमा मानव अधिकारको अवस्था कमजोर रहेको बताएका हुन्।

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले मानव अधिकारको उपभोगको कुरामा राज्यले मात्रै नभएर सम्बन्धित सरोकारवाला पक्षले पनि ध्यान दिनुपर्ने बताए।

पछिल्लो पटक घरायसी कलहले दैलेखमा एक महिलाले सन्तानसहित नदीमा हाम फालेर मृत्युवरण गरेको घटनालाई सामान्य रुपमा लिन नहुने उनको भनाइ छ। उक्त घटनाबाट समाजमा हुने घटनाले कस्तो रुप लिन्छ भन्नेतर्फ मनन् गर्नु आवश्यक रहेको उनले बताए।

मानव अधिकार र सम्बृद्धि एकअर्कासँग जोडिएको हुँदा सबै पक्षलाई केलाउनु पर्ने शाहीको भनाइ छ। समाजको चेतनाको स्तरले पनि यसमा फरक पार्ने उनले बताए।

उद्देश्य अनुसार  संघीयता कार्यान्वयन नहुँदा जनतामा निराशा छाएको उनले टिप्पणी गरे।

कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष माहमुनेश्वर आचार्यले देशमै मानव अधिकारको अवस्था कमजोर रहेको बेला कर्णाली प्रदेशमा झन् कमजोर अवस्था रहेको बताए।

मानव अधिकारवादीले सरकारको सबै विरोधभन्दा पनि गुण र दोषका आधारमा आवाज उठाउनु आवश्यक रहेको उनको भनाइ छ।

कार्यक्रममा अन्य वक्ताहरुले कर्णालीमा छाउपडी, बोक्सी, बहुपति प्रथा, मागी विवाह, दाइजो प्रथा,छुवाछुत जस्ता कुरा अहिले पनि विद्यमान रहेको बताए।

संगठनका कर्णाली प्रदेश संयोजक दिर्घराज अधिकारीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष