
काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले नेकपा एमालेमा लागेका सांसदहरुले स्पष्टिकरण सोधेको २४ घण्टासम्म पनि कुनै प्रतिक्रिया नदिएपछि अब अन्तिम प्रक्रिया अन्तर्गत औपचारिक पत्र पठाउने निर्णय गरेको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार विधानलाई आधार मानेर पार्टीले कारबाही प्रक्रिया अघि बढाउनु पर्ने भएकाले त्यसअनुसार अब औपचारिक पत्र लेख्ने निर्णय गरेको जानकारी दिए।
सर्वोच्च अदालतले एमाले र माओवादी अलग भएको निर्णय गरेपछि प्रतिनिधिसभा र प्रदेशसभाका गरी १३ जना सांसदलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेका थिए।