
काठमाडौँ- नेकपा एमालेका दुई पक्षबीच सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा माधव नेपाल पक्षले गत माघ २८ गतेको कारबाही फिर्ता लिन, चियापान र केन्द्रीय समिति बैठक स्थगित गर्न माग गरे पनि केपी ओली पक्षले अस्वीकार गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपाल पक्षका नेताहरुबीच पहिलोपटक सामूहिक भेट भए पनि दुवै पक्ष आआफ्नो अडानमा रहेको नेता भीम रावलले जानकारी दिए।
‘हामीले गत माघ २८ गते ओली पक्षबाट एकपक्षीय रुपमा भएका कारबाही फिर्ता गर्न र उहाँहरुले राखेको चियापान र केन्द्रीय समिति बैठक स्थगित गर्न माग राख्यौँ, यसबारे कुनै जवाफ आएन,’ नेता रावलले देशसञ्चारसँग भने।
यद्यपि पार्टी कार्यालय धुम्बाराहीमा ओली पक्षका नेताहरुसँग माधव नेपाल र भीम रावललगायतका नेताहरुको भेट भएको हो।