
रोमन क्याथोलिक चर्चले समलैंगिक सम्बन्ध (समयौनिक व्यक्तिबिचको विवाह) लाई आशिर्वाद दिन नसकिने वा त्यो अधिकार आफूहरुसँग नरहेको बताएको छ।
रोमन क्याथोलिकहरुको मुख्यालय भ्याटिकनले सोमबार जारी गरेको आस्थाको सिद्धान्त (डक्ट्रिन अफ द फेथ, सिडिएफ) मा ईश्वरबाट ‘पाप’ लाई आशिर्वाद दिन असम्भव रहेको उल्लेख छ।
तर सिडिएफमा समलैंगिक सम्बन्धमा रहेका ‘सकारात्मक पक्षहरु’ पनि उल्लेख गरिएको छ ।
गएको अक्टोबरमा रोमन क्याथोलिक चर्चका प्रमुख धर्मगुरु पोप फ्रान्सिसले समयाैनिक सम्बन्धलाई आफ्नो समर्थन रहेको बताएका थिए।
आफूमाथि बनेको वृत्तचित्रमा पोप फ्रान्सिसले समलैंगिक सम्बन्धलाई आफ्नो समर्थन रहेको बताउँदै समयाैनिक (गे–पुरुष समयाैनिक, लेस्बियन–महिला समयाैनिक) दम्पतीका लागि सिभिल युनियनको व्यवस्था गरी कानूनी संरक्षण प्रदान गर्नु पर्ने उल्लेख गरेका थिए। पोप फ्रान्सिसले समलिंगी सम्बन्धमा गरेको अहिलेसम्मकै स्पष्ट टिप्पणी थियो त्यो।

पोप फ्रान्सिस
उनले एभगेनी एफिनीभ्स्कीले निर्देशन गरेको वृत्तचित्रमा भनेका छन्, ‘समयाैनिक मानिसहरुलाई परिवारमा रहने अधिकार छ। उनीहरु ईश्वरका सन्तान हुन् र उनीहरुलाई पनि आफ्नो परिवार बनाउने अधिकार छ। कसैले पनि यसलाई कमजोर वा बाहिर पार्नु हुँदैन। हामीले सिभिल युनियन ल बनाउनु पर्छ। यसमार्फत उनीहरु कानूनी रुपमा संरक्षित हुने छन्।’
समलैंगिक सम्बन्धको कानूनी समर्थनका लागि सिभिल युनियनको कुरा गरेका पोप फ्रान्सिसले दुई समयाैनिक पुरुष वा महिला आफ्ना सन्तानसहित चर्चमा प्राथनाका लागि आएको हेर्न चाहेको पनि बताएका थिए।
तर सिडिएफले समलैंगिक सम्बन्धलाई पुनः पापका रुपमा परिभाषित गरेको हो। हाल कायम रहेको क्याथोलिक सिद्धान्तमा गे (समलिंगी) सम्बन्धलाई ‘भड्किएको व्यवहार’ का रुपमा परिभाषित गरिएको छ।
भ्याटिकन सैद्धान्तिक मण्डलीले समयौनिक व्यक्तिको सम्मानका नाममा समलैंगिक व्यवहारलाई स्वीकृति वा समयौनिकहरुको विवाह या एकताका लागि आशिर्वाद दिन नसकिने उल्लेख गरेको हो।
सिडिएफको नयाँ व्यवस्थासहितको सिद्धान्तलाई पोप फ्रान्सिसले सोमबार अनुमोदन गरेका हुन्। उनले कसैलाई विभेद गर्नका लागि नभई संस्कारको निरन्तरताका लागि पारित गरिएको बताएका छन्।
🏳️🌈 Love is love.
💍 Gay marriage is legal.
👋 The Pope isn’t your County Clerk.
🍷 Register for the fancy sheets and wine glasses.
❤️ Peace and blessings. pic.twitter.com/WNuKQOQujm— Chasten Glezman Buttigieg (@Chasten) March 15, 2021