
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसोका लागि शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा एमाले नेताहरु माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन्।
त्यस्तै, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्। नेता बिष्णु रिजालका अनुसार नेता नेपाल र खनाल राष्ट्रपति भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी नहुने भएका हुन्।
नेकपा माओवादी केन्द्रबाट भने अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी हुने श्रेष्ठले जानकारी दिए।
राष्ट्रपति भण्डारीले बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल गर्न मंगलबार दिउँसो ४ बजे शीतलनिवासमा सर्वदलीय बैठक बोलाएकी छन्।