आजकाे माैसम पूर्वानुमान: मेघगर्जनसहित पानी पर्ने

आजकाे माैसम पूर्वानुमान: मेघगर्जनसहित पानी पर्ने
+
-

काठमाडाैँ – देशको पहाडी भूभागहरुमा बुधबार आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

बुधबार राति भने देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहने छ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले बिहान देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको मौसमविदले जानकारी दिएका छन्।

हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ।

देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?