एकीकृत पार्टी भंग गर्ने प्रयास असफल भएपछि केपी ओलीले संसद विघटन गरे : खनाल

एकीकृत पार्टी भंग गर्ने प्रयास असफल भएपछि केपी ओलीले संसद विघटन गरे : खनाल
+
-

काठमाडाैँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मदन भण्डारी फाउण्डेसनका नाममा गतिविधि गरेर केपी ओलीले एकीकृत पार्टीलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्।

माओवादी केन्द्रसँगको एकता भंग गर्न ओलीले मदन भण्डारी फाउण्डेसनका नाममा गतिविधि गरेको र त्यसविरुद्ध आफूहरुले आवाज उठाउन थालेपछि संसद नै विघटन गरेको आरोप खनालले लगाए।

‘केपी ओलीले मदन भण्डारी फाउण्डेशनका नाममा गुटगत राजनीति सुरु गरे । एकता भंग गर्न प्रयास गरे । यी सबै समस्या आउँदा पनि हामी मौन रहेका थियौँ तीन वर्षसम्म। तर प्रश्न उठाउन थालेपछि उनले संसद नै भंग गरिदिए’, बुधबारबाट सुरु भएको एमाले राष्ट्रिय भेलामा खनालले भने।

तीन महिनामा गरिसक्नुपर्ने पार्टी एकताको काम तीन वर्षसम्म पनि नगरेको उनको आरोप थियो। खनालले गुटको राजनीतिको सुरुवात केपी ओलीले नै गरेको जिकिर गरे। ओलीले भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप खनालले लगाए।

पार्टीले भनेका क्षमतावान मानिसहरुलाई पाखा लगाएर आफ्ना आसेपासेलाई विभिन्न नियुक्ति दिएको आरोप उनकाे छ।

अदालतले संसद विघटन बदर गरेर संविधानकाे रक्षा गरेकाे भए पनि एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला रहस्यमय रहेकाे खनालले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?