मुख्यमन्त्री शाहीको समर्थन फिर्ता गरेका छैँनौँ: मन्त्री ज्वाला

मुख्यमन्त्री शाहीको समर्थन फिर्ता गरेका छैँनौँ: मन्त्री ज्वाला
+
-

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओली समूहले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक राखेर कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माधव नेपाल पक्षले त्यसप्रति असहमति व्यक्त गरेको छ।

हाल कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री रहेका नेपाल समूहका नेता प्रकाश ज्वालाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त निर्णय आधिकारिक नभएको बताएका छन्।

प्रदेशसभा दलको नाममा गुटगत बैठकबाट गरिएको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै नेता ज्वालाले सरकारको समर्थन कायमै रहेको बताएका छन्।

‘आज मिति २०७७ चैत्र ४ गते नेकपा (एमाले) प्रदेशसभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौँ।औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ। यो नेकपा (एमाले) प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौँ। कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेशसभा दलको समर्थन कायमै रहेकोसमेत अवगत गराउँदछौँ,’ ज्वालाले फेसबुकमा लेखेका छन्।

ओली समूहले बुधबार गरेको प्रदेशसभा संसदीय दलको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको नेतृत्वमा कर्णालीमा प्रदेश सरकार रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?