नेपाल पक्षको कार्यकर्ता भेलामा अवधारणा पत्रहरुमाथि छलफल

नेपाल पक्षको कार्यकर्ता भेलामा अवधारणा पत्रहरुमाथि छलफल
+
-

काठमाडौँ– बुधबारदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा नेता माधवकुमार नेपालले प्रस्तुत गरेको अवधारणापत्रमाथि छलफल सुरु भएको छ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा जारी भेलामा सहभागीहरुलाई १० वटा समूहमा विभाजन गरेर छलफल भइरहेको छ। आ–आफ्नो समूहमा छलफल गरेर टोली नेताहरुले भोलि सुझाव पेश गर्नेछन्। भेलामा आएका सुझावहरुलाई ध्यानमा राखेर अवधारणापत्र पारित गरिने बताइएको छ।

सहभागीहरुको समूह विभाजन तथा छलफलमा सहजीकरण गर्नका लागि प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा गोकर्ण विष्ट, लुम्बनीमा युवराज ज्ञवाली, कर्णालीमा योगश भट्टराई, सुदूरपश्चिममा भीम रावल, सम्पर्क कमिटीमा बेदुराम भुसाल, जनसंगठन तथा पेशागत संगठनमा रघुजी पन्त र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी तोकिएको छ।

भेलालाई असफल पार्न खोजिए पनि देशभरबाट भएको सहभागिताले पार्टी एकतावद्ध रहेको सन्देश प्रवाह भएको नेपाल पक्षको दावी छ।

‘सरकारी साधन स्रोत र पार्टी सत्ताको दुरुपयोग गर्दै भेलालाई असफल पार्न गरिएका तमाम हर्कतहरुलाई परास्त गर्दै आज देशभरबाट उत्साहपूर्वक कमरेडहरुको सहभागिता रहनुले पार्टी एकतावद्ध रहन्छ भन्ने सन्देश दिएको छ। पार्टीको विधान, नीति र निर्णयको विरुद्धमा उभिँदै एकल व्यक्तिको सर्वोच्चमा पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने दुष्प्रयासलाई असफल पार्दै पार्टीलाई जनवादी केन्द्रीयताका सामूहिक प्रणालीमा पनर्स्थापित गर्ने काममा आजको भेलाले महत्वपूर्ण योगदान दिएको छ’, प्रचार विभाग प्रमुख योगश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

भेलामा चार हजार जना सहभागी रहेको नेपाल पक्षको दावी छ। भेला भोलि सकिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?