८ जनाको ज्यान जाने गरिए अमेरिकामा भएको गोलीकाण्डका आरोपितमाथि हत्या अभियोगमा मुद्दा दर्ता

८ जनाको ज्यान जाने गरिए अमेरिकामा भएको गोलीकाण्डका आरोपितमाथि हत्या अभियोगमा मुद्दा दर्ता
+
-

अमेरिकाको जर्जिया राज्यको एट्लान्टा स्थित मसाज पार्लरमा ८ जनाको ज्यान जाने गरि भएको अन्धाधुन्ध गोलीकाण्डका आरोपितमाथि हत्या अभियोगमा मुद्दा दर्ता भएको छ ।

प्रहरीले आक्रमणमा मारिएका तथा घाइतेहरुको पहिचान सार्वजनिक गर्ने क्रम जारी रहँदा आरोपित रोबर्ट आरोन लङ्गमाथि हत्या अभियोगमा मुद्दा दायर भएको हो ।

आक्रमणमा मारिनेमा ६ जना एसियन महिला छन् । तर प्रहरीले अहिलेसम्म सो आक्रमण रंगभेदी मनोदशाले निर्देशित रहे–नरहेको स्पष्ट पारेको छैन ।

आरोपितमा ‘सेक्स एडिक्सन’ रहेको हुन सक्ने पनि स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

घटना भएको मसाज पार्लरले बेलाबखत यौन सेवा पनि प्रदान गर्ने गरेको दाबी गरिएको छ । तर आक्रमणको स्थानमा यौन सेवा वा त्यससँग जोडिएको कुनै कुरा रहेको हुन सुक्ने कुनै संकेत नभेटिएको प्रहरी अधिकारीले बताएका छन् ।

रोबर्ट आरोन लङ्ग

पछिल्ला महिनाहरुमा एसियन अमेरिकनहरुमाथि बढ्दै गएको हिंसा तथा दुर्व्यवहारका बिच यो आक्रमण भएको हो ।
आक्रमणको विभिन्न क्षेत्रबाट तीव्र आलोचना भइरहेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिनुमा एसियनहरुको भूमिका रहेको गलत सूचना फैलाइएपछि हिंसाका घटना बढेका छन् ।

गएको हप्ता राष्ट्रका नाममा गरेको सम्बोधनमा राष्ट्रपति जो बाइडेनले एसियन–अमेरिकन माथि हुने गरेका आक्रमण तथा हिंसाको निन्दा गरेका थिए । उनले एसियन–अमेरिकनमाथि हुने दुव्र्यवहारले चिन्तित बनाएको बताएका थिए ।

यो पनि पढ्नुहोस्

अमेरिकामा ६ जना एसियन महिलासहित ८ जनाको गाेली हानी हत्या

अमेरिकामा ६ जना एसियन महिलासहित ८ जनाको गाेली हानी हत्या

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?