
काठमाडौँ – नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका सांसदहरु अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने भएका छन् ।
उनीहरु ललितपुरको एक पार्टी प्यालेसमा छलफलपछि बालुवाटारकै बैठकमा जाने निष्कर्षमा पुगेका हुन् ।
आफूहरु बालुवाटार बैठकमा जाने निष्कर्षमा पुगेको नेपाल पक्षका सांसद दीपक भट्टले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्ने लागेको हो । नेता योगेश भट्टराईले भने स्थायी कमिटी सदस्यहरुबाहेक सबै सांसहरु बालुवाटार जाने निर्णय भएको बताए।