
झापा – ताप्लेजुङको दोभान बजारमा भएको आगलागी पीडितहरुका लागि अर्को स्थानीय तह सिरीजङ्घा गाउँपालिकाले पाँच लाख रुपैयाँ नगद सहयोग गरेको छ।
एक द्वार प्रणालीमार्फत सहयोग गर्ने उद्देश्यले सिरीजङ्घा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट मेरिङ्देन गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा सोझै रकम जम्मा हुने गरि उक्त रकम उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए।
सिरीजङ्घा गाउँपालिकाका अध्यक्ष टिकाराम गुरुङले मेरिङ्देन गाउँपालिकाका अध्यक्ष श्री गणेश बहादुर लिम्बूलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
आगलागीले ध्वस्त भएको दोभान बजारको पुनर्निर्माणका लागि फेरि पनि आवश्यक परेको पुन: मेरिङ्देन गाउँपालिकालाई सहयोग गर्ने अध्यक्ष गुरुङले प्रतिवद्धता व्यक्त गरेका छन्।