
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूले विश्वासको मत सजिलै जित्ने बताएका छन्।
आफू पक्षीय नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा शनिबार उनले आफूबाट संयमताका साथ दलहरुसँग वार्ता भइरहेको र त्यसको नतिजामा आफूले सजिलै विश्वासको मत लिने दाबी गरेका हुन्।
ओलीले त्यसपछि आफूलाई राजीनामा दिन निर्देशन दिनेहरु चुप लाग्ने बताए।
एक केन्द्रीय कमिटी सदस्यका अनुसार ओलीले बैठकमा भनेका छन्, ‘संयमताका साथ सबै दलसँग वार्ता गरिँदैछ। परिआए विश्वासको मत सजिलै देखाउँछौँ। सरकारको लागि मरिहत्ते गर्दैनौँ। सरकार परिवर्तन भए चुनावबाट स्पष्ट बहुमत ल्याउने छौँ।’