पहाडी क्षेत्रमा मौसम बदली, वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा?

पहाडी क्षेत्रमा मौसम बदली, वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा?
+
-

काठमाडौँ – सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा सोमबार मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।

अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहेने छ ।

गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैबिच देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?