शाओमीको ‘एमआई राउटर फोर सी’को मूल्य घट्यो

शाओमीको ‘एमआई राउटर फोर सी’को मूल्य घट्यो
+
-

काठमाडौँ– शाओमी नेपालले ‘एमआई राउटर फोर सी’ को नयाँ संस्करण सार्वजनिक गरेको छ। पहिलाको भन्दा कम मूल्यमा विभिन्न फिचरहरु जोडेर नयाँ राउटर सार्वजनिक गरिएको हो।

सकेसम्म धेरै ग्राहकहरुलाई इन्टरनेटसँग जोड्न र समस्या बिना नै नेटवर्क खोज्न नयाँ संस्करण सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

सार्वजनिक भएको नयाँ राउटरमा ४ ओटा एन्टिना रहेका छन्, जसलाई ६४ ओटा स्मार्ट डिभाइसहरुसँग एकैसाथ जोड्न सकिन्छ। यो राउटरले २.४ गिगाहर्ज वाइफाइ ब्याण्ड सपोर्ट गर्छ।

साथै यस राउटरमा १६ एमबी नोर फ्ल्यास रोम र ६४ एमबी डिडिआरटू र्‍याम छ, जसले ६४ वटै डिभाइसमा इन्टरनेट कनेक्ट गराउँछ। यस राउटरले ३०० एमबिपिएससम्म वायरलेस स्पिड दिनेछ।

यस्तो छ ‘एमआई राउटर फोर सी’को मूल्य


सन् २०२० को जुलाईमा यो राउटर सार्वजनिक हुँदा मूल्य २ हजार ३ सय रुपैयाँ थियो। तर शाओमी नेपालले यसको नयाँ मूल्य १ हजार ५ सय ९९ रुपैयाँ तोकेको छ।

शाओमीले बिना आर्थिक समस्या इन्टरनेटमा सबैको पहुँच होस् भन्ने उद्देश्यले यो राउटरलाई सार्वजनिक गरेको जनाएको छ।

हाल उक्त राउटर शाओमीका शोरुमहरुमा उपलब्ध छ। छिट्टै अनलाइन पसल दराज र सस्तो डिलमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?