नेपाल पक्षलाई ओली पक्षले पठाएको स्पष्टीकरणको आलोचना

‘नेकपाको प्रश्न सोध्ने अधिकार ओलीसँग छैन, ब्यूँतिएको एमालेको समीक्षा गरौँ ’

‘नेकपाको प्रश्न सोध्ने अधिकार ओलीसँग छैन, ब्यूँतिएको एमालेको समीक्षा गरौँ ’
+
-

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधवकुमार नेपालसहित चार जना नेतालाई नेकपा रहँदा भएका गतिविधिलाई केन्द्रमा राखेर स्पष्टीकरण पत्र पठाएपछि त्यसको तीव्र आलोचना सुरु भएको छ।

ओलीले महासचिव ईश्वर पोखरेलको नाममा पठाएको स्पष्टीकरण पत्रमा फागुन २३ गते नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसला अघिको नेकपामा भएका गतिविधिलाई केन्द्रमा राखेर अधिकांश प्रश्नहरु गरिएको छ।

नेकपा एमाले ब्यूँतिएपछि पार्टीको निर्देशन विपरीत नेपाल पक्षले भेला गरेको र भेलामा पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गरेको आरोप लगाइएको छ।

यसबाट ओलीले नेपाल पक्षसँग बदलावको भाव मात्रै राखेको र गल्ती केही नभेटिएपछि नेकपामा रहँदा भएका गतिविधिलाई जोडेर प्रश्न गरेको भन्दै नेताहरुले आलोचना सुरु गरेका हुन्।

पार्टी एकताको अभियान जारी राखेका दाबी गरेका एमाले उपाध्यक्ष बामदेव गौतम निकट मानिने केन्द्रीय कमिटी सदस्य हरि पराजुलीले समेत यसको आलोचना गरेका छन्।

पराजुलीले देश सञ्चारसँग भने, ‘बदलिएको परिस्थितिमा पुराना मुद्दालाई आधार मानेर स्पष्टीकरण सोध्नु गलत हो। नेकपा रहँदा भएका आरोपप्रत्यारोप र गतिविधिलाई नेकपा नै नरहेको अवस्थामा आधार मान्न मिल्दैन। ती विषयहरु सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले ब्यूँतिएको अवस्थामा उठाइरहनु सान्दर्भिक होइन।’

पराजुलीले यसलाई आग्रहपूर्वाग्रको संज्ञा मात्रै दिन सकिने स्पष्ट पारे। उनले भने, ‘नेकपा एमाले ब्यूँतिएपछिको अवस्थामा मात्रै के के भए भन्नेमा समीक्षा हुनुपर्छ। अतितको अधिकारी केपी ओली होइन। पुराना कुरा सोधेर कारवाही गर्ने अधिकार ओलीसँग छैन।’

पराजुलीका अनुसार नेपालको राजनीतिक इतिहास ओलीको भन्दा कम नभएकाले नेपाललाई अपमानित गर्न मिल्दैन। उनले निष्कर्ष सुनाए, ‘समकक्षीलाई प्रतिशोधको भावना देखाउने काम ओलीले गर्नहुन्न। यो स्पष्टीकरणको कुनै अर्थ छैन। अब पार्टीका समग्र पक्षमा नेपालसँग गम्भीर भएर ओलीले छलफल र सहमति गर्नुपर्छ।’

‘माधवकुमार नेपालहरु सके एमाले कब्जा गरेर नसके विद्रोह गरेर माओवादीसँग एकता गर्न आउनुहुन्छ’ भन्ने दाहालको अभिव्यक्तिमा किन मौन बसेको? एमाले ब्यूँतिएको अवस्थामा पनि प्रचण्डसँगको भेटघाट किन जारी राखेको? प्रश्नहरु पनि गरिएका छन्।

पराजुलीले पार्टीको अध्यक्ष भएको हैसियतमा ओली नै पार्टी एकताका लागि दुई कदम अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

नेपाललाई पठाइएको स्पष्टीकरण पत्रमा नेकापमा रहँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ओलीविरुद्ध आरोपत्र तयार पार्न सहयोग किन गरेको? अनाधिकृतरुपमा त्यसलाई किन पुस्तकको रुप दिएको? सडक तथा अनाधिकृत स्थानमा बसी ओलीलाई पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट किन निकालेको? निर्वाचन आयोगमा विभिन्न प्रकारणका निवेदन लिएर किन गएको? एमाले फुटाउँदा के उद्देश्य प्राप्त हुन्छ? जस्ता प्रश्नहरु गरिएका छन्।

यस्तै पार्टी अध्यक्षको मौखिक, पार्टी महासचिवको लिखित निर्देशन विपरीत कार्यकर्ता भेला किन गरेको? भेलामा पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग किन गरेको? नेकपामा रहँदा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको नेतृत्व किन गरेको? तीन तीन वटा केन्द्रीय कमिटी बैठक र एउटा संसदीय दलको बैठकमा सहभागि किन नभएको? विपक्षीसँग मिलेर प्रधानमन्त्री उनीहरुलाई सुम्पिन किन तयार भएको? भन्ने प्रश्न पनि नेपाललाई गरिएको छ।

यता ‘माधवकुमार नेपालहरु सके एमाले कब्जा गरेर नसके विद्रोह गरेर माओवादीसँग एकता गर्न आउनुहुन्छ’ भन्ने दाहालको अभिव्यक्तिमा किन मौन बसेको? एमाले ब्यूँतिएको अवस्थामा पनि प्रचण्डसँगको भेटघाट किन जारी राखेको? प्रश्नहरु पनि गरिएका छन्।

महासचिव पोखरेलले पठाएको स्पष्टीकरण पत्रमा अन्य नेताहरुलाई केही साझा र केही फरक प्रश्नहरु गरिएका छन्। समग्रमा नेपाल लगायत चार नेतालाई पार्टी हित विपरीत गुटबन्दी र षड्यन्त्र गरेको आरोप ओली पक्षले लगाएको छ। उनीहरुलाई तीन दिन भित्र लिखित जबाफ पेश गर्न निर्देशन दिइएको छ।

पष्टीकरण पत्र प्राप्त गर्नसाथा छलफल तीव्र पारेको नेपाल पक्षले आफूहरुका तर्फबाट थप प्रश्नहरु गरेर लिखित जबाफ पेश गर्ने तयारी गरेको छ। सोमबारसम्म जबाफै नदिने पक्षमा रहेको नेपाल पक्षले मंगलबारबाट ओलीलाई जबाफी पत्र लेख्ने तर त्यसमा आफूहरुका प्रश्नहरु पनि समावेश गर्ने गरी छलफल अघि बढाएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?