लोडसेडिङ बढेको भन्दै सिडिओलाई ज्ञापनपत्र

लोडसेडिङ बढेको भन्दै सिडिओलाई ज्ञापनपत्र
+
-

सिमकोट– हुम्लाको सदरमुकाम सिमकोटमा हिल्दुम साना जलविद्युत आयोजनाले लोडसेडिङ गरेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ।

सेवाग्राहीले दैनिक २० घण्टासम्म लोडसेडिङ खेप्नु परेपछि त्यसको विकल्प दिन माग गर्दै मानव अधिकार रक्षकको जिल्ला सञ्जालले ज्ञापनपत्र पेश गरेको सञ्जालका सदस्य सचिव नन्द सिंहले बताए।

लोडसेडिङबाट धेरै व्यवसायमा असर परेको भएपनि समाधानतर्फ सरोकारवाला निकाय नलागेको गुनासो सञ्जालको रहेको छ।

ज्ञापनपत्रमा लोडसेडिङ तालिका सार्वजनिक गर्न र मंङ्की खोलाबाट थप पानी ल्याउने योजनालाई तत्काल सम्पन्न गरेर मुहान रहेको ट्याङ्कीमा पानी खसाउने कार्य गर्न माग गरिएको छ।

ज्ञापनपत्र जिल्लाका १३ वटा अधिकारकर्मीहरुको तर्फबाट पेश गरिएको हो।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले सरोकारवाला पक्षसँग चाँडै छलफल गर्ने बताए। उनले आफूपनि लोडसेडिङबाट आजित भएको बताउँदै विकल्पको खोजी गर्नुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?