एनआईसी एशिया बैंकलाई दुई अवार्ड

एनआईसी एशिया बैंकलाई दुई अवार्ड
+
-

काठमाडौ-एनआईसी एशिया बैंक लिमिटेडले एकैसाथ दुईवटा अवार्ड प्राप्त गरेको छ ।

‘वर्ल्ड ह्युमन रिसोर्स डेभलपमेन्ट कांग्रेस, इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्यूट एण्ड स्टार अफ दि इण्डष्ट्री ग्रुप’रा काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित ‘नेपाल बीएफएसआर्य एक्सिलेन्स एण्ड लिडरसीप अवार्ड २०१७’ मा नेपालको बैंकिङ क्षेत्रतर्फको बेष्ट ब्राण्ड अवार्ड र बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड पाउन सफल भएको छ ।

वर्ल्ड सीएसआर डे एण्ड वर्ल्ड सस्टेनीबिलीटीका संस्थापक डा. आर.एल. भाटियाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर जबराद्वारा उक्त अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनी सहभागी थिए।

कार्यक्रममा सहभागी कम्पनीको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेता छनोट गरिएको थियो ।

यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत सन् २००७ र २०१३ मा लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स’ले प्रदान गर्ने ख्यातिप्राप्त ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा एनआईसी एशिया बैंक निजीक्षेत्रको अग्रणी बैंकमध्ये एक हो।

यस बैंकले अधिराज्यभर १ सय ४९ शाखा कार्यालयहरु र १ सय ४१ एटीएम काउण्टरहरु र ४ एक्स्टेन्सन काउण्टरबाट ग्राहकमुखी एवं उच्च स्तरको सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले १ खर्ब १७ अर्ब निक्षेप संकलन गरी ९८ अर्ब कर्जा प्रवाह गरिसकेको छ ।

यो पनि हेर्नुहोस्:

एनआईसी एशियालाई डिबेन्चर निष्काशन गर्न अनुमति

संखुवासभामा ग्लोबल आइएमई को ५४ औ शाखा

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’