
सिमकोट– कोरोना भाइरसको त्रासकाबीच आइतबार हुम्लामा पनि होली पर्व मनाइएको छ। बिहानैदेखि चोकचोकमा युवा युवती भेला भएर एकआपसमा रंग दल्दै होली मनाएका हुन्।
कोरोनाका कारण गतवर्ष होली खेल्न नपाए पनि यस वर्ष भने होली खेलेको शिक्षक मधु बस्नेतले बताइन्। साथीहरुसँग होली मनाएको उनको भनाइ छ।
होलीको अवसरमा युवाहरुले नाचगानसमेत गरेका थिए। कोरोनाको जोखिम कायमै रहेको अवस्थामा भीडभाड नगर्न प्रशासनले गरेको आग्रहको वेवास्ता गर्दै स्थानीयहरु होलीमा रमाएका हुन्।