काठमाडौँ उपत्यकालाई बैकुण्ठ बनाउने महावीर पुनको सपना!

काठमाडौँ उपत्यकालाई बैकुण्ठ बनाउने महावीर पुनको सपना!
+
-

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले केही दिनदेखि प्रदूषित देखिएको काठमाडौँ उपत्यकाको वायुमण्डलले निम्त्याउन सक्ने समस्याको समाधानका लागि दिर्घकालीन योजना अगाडि सारे। काठमाडौँ उपत्यकामा भएका हरेक घरका छतमा विरुवा रोप्ने ।

उनले सामाजिक सञ्जालमा हराभरा काठमाडौँ निर्माणको विस्तृत योजना सार्वजनिक गरिसकेका छन्। पुनले प्रदूषित वायूमण्डलले जनजीवनमा पारेको प्रारम्भिक प्रभाव र दिर्घकालीन असरहरुलाई उल्लेख गर्दै काठमाडौँ उपत्यकमा भएका घरहरुमध्ये कम्तीमा १० लाख घरले छतमा विरुवा रोप्नुपर्ने उल्लेख गरेका छन्।

के यो सम्भव छ ?

पुन भन्छन्, ‘किन नहुनु ? हामीले २० वर्ष लगाएर म्याग्दी र पर्वतमा १३ लाख विरुवा हुकाई सकेका छौँ। सबैको मन मिल्यो भने सम्भव छ नि!’

उनले राम्रो कामको लागि पनि पैसा उठाउन नेपालीहरुले गाह्रो मान्ने गरेको बताए। मान्छेले यो अभियानमा भाग नलिनसक्ने ठूलो चुनौती रहेको उनले देशसञ्चारसँग बताए। उनले आफूले अहिले कमन सेन्सको कुरा मात्रै राखेको तर काम सुरु गरिहाल्ने अवस्था नरहेको बताए।

‘यो कामको लागि नगरपालिका र स्थानीय निकायले सहयोग गर्नुपर्छ। नत्र सम्भव छैन,’ उनले भने, ‘अब हेरौँ कसैले कस्तो खालको आइडिया ल्याउछन्, अनि काम गर्ने कि नगर्ने हेर्नुपर्छ।’

पुनले यसको लागि लाग्ने खर्च आफैँ जुटाउन सक्ने भन्दै प्रत्येक घरले कम्तीमा २ हजार रुपैयाँ दिएर कोष स्थापना गर्नुपर्ने बताएका छन्। उनले विदेशी दातृ निकायको आश नगरी कम्तीमा पाँच वर्षमा यो योजनालाई सम्पन्न गर्न सकिने दृढ विश्वास व्यक्त गरेका छन्। यसका लागि स्थानीय तह र घरधनीले समन्वयकारी भूमिका खेलेमा राष्ट्रिय आविष्कार केन्द्र काम गर्न तत्पर रहेको उनले बताए।

ठूला विरुवाले एक वर्षमा औसत २३ किलोग्राम कार्वन डाइअक्साइड सोस्ने उनले उल्लेख गरेका छन्। यही हिसाबले १० लाख विरुवाले प्रतिवर्ष ५ किलोग्रामका दरले १ वर्षमा ५० लाख किलोग्राम कार्वनडाइअक्साइड सोस्छ। यसले काठमाण्डौँको वायुमण्डल सफा भएर सास फेर्न सजिलो हुने र स्वासप्रश्वासको बिरामीहरुको संख्या पनि निकै कम हुने उनले उल्लेख गरे।

काठमाडौँ उपत्यकालाई बैकुण्ठ जस्तै बनाउने मिठो कथा सुन्नुस र फोटो हेर्नु होस्:

केहि दिन देखि काठमान्डू उपत्यका भित्रको…

Posted by Mahabir Pun on Sunday, March 28, 2021

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?