
काठमाडाैँ – नेकपा एमालेका उपमहासचिव धनश्याम भुषालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली हिँडेको बाटो रहस्यमय भएको बताएका छन्।
आफूलाई सोधिएको स्पष्टिकरणको जवाफ दिँदै भुषालले ओली हिँडेको बाटो रहस्यमय रहेको बताएका हुन्।
भुषालले ओलीलाई भनेका छन्, ‘अझै के तृष्णा बाँकी रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनु हुन्छ ? तपाईँ अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसको बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ?’
उनले कुनै शत्रु देशका नागरिकलाई पठाइएको जस्तो पत्रको जवाफ दिन आवश्यक नरहेको भए पनि केपी ओलीले लगाएका आरोप कति मिथ्या र पूर्वाग्रही छन् भन्ने कुरा पार्टी पंक्तिलाई जानकारी गराउन स्पष्टिकरण पत्रको जवाफ लेखेको बताएका छन्।
‘मेरो लाख–लाख अनुरोध छ, कमरेड यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज, भोलि वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ । आगे तपाईँकै इच्छा’, पत्रको अन्तिममा भुषालले ओलीलाई आग्रह गर्दै भनेका छन् ।
यस्ताे छ भुषालकाे स्पष्टिकरण: