
काठमाडौँ – सर्वोच्च अदालतले एमाले–माओवादी ब्यूँत्याउने गरि गरेको फैसला सच्याउनेमा आफू आशावादी र विश्वस्त रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।
सर्वोच्च अदालतमा मंगलबार बिहान फैसला पुनरावलोकन सम्बन्धी निवेदन दर्ता गरेपछि प्रचण्डले यस्तो बताएका हुन्।
उनले भने, ‘विषय पार्टीको नाम सम्बन्धी थियो। सर्वोच्च अदालतले रिट निवेदकको माग भन्दा बाहिर गएर एकतावद्ध भएको पार्टी विभाजित गर्ने फैसला गरेको हो। त्यो सच्चिने छ भन्ने विश्वास लिएको छु।’
प्रचण्डले भने, ‘हाम्रो पार्टीका वरिष्ठ नेताहरुसहित कानून व्यवसायीको उपस्थितिमा मैले पुनरावलोकन निवेदन दर्ता गरेको छु। विगतमा पनि फैसला पुनरावलोकन भएका छन्। यसमा पनि चाँडो पुनरावलोकन भएर सही निर्णय हुने छ भन्ने विश्वास लिएको छु।’
पार्टीको नामसम्बन्धी रिटमा आएको फैसला अस्वभाविक र राजनीतिक प्रकृतिको भयो भनेर यसअघि नै भनेको र अहिले सबै पक्षको सल्लाहमा पुनरावलोकन निवेदन दर्ता गरेको उनले बताए।
प्रचण्डले भने, ‘फैसला स्वभाविक र प्राकृतिक नभइ राजनीतिक प्रकृतिको भयो भनेर निवेदन दर्ता गराएका छौँ। मलाई र हामीलाई विश्वास छ कि सर्वोच्चले यसमा सही निर्णय गर्ने छ।’
रिट निवेदकको पनि एकतावद्ध भएका दल विभाजित होस् भन्ने चाहना नरहेको बताउँदै प्रचण्डले सर्वोच्चको फैसला राजनीतिक रहेकाले सच्याउनु पर्ने बताए।
निवेदन दर्ताका लागि अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका अधिकांश स्थायी कमिटि सदस्यहरु सर्वोच्च पुगेका थिए। नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषाल, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल र मातृका यादव लगायत नेताहरु नेकपा एकता बदरको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दिन सर्वोच्च गएका हुन्।
सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ गते नेकपा भंग गर्दै एमाले र माओवादी केन्द्र ब्यूँत्याएको थियो।
यस्तो छ पुनरावलोकन निवेदनः