एउटै नर्सरीमा ८५ हजार स्याउ र ओखरका बिरुवा उत्पादन

एउटै नर्सरीमा ८५ हजार स्याउ र ओखरका बिरुवा उत्पादन
+
-

सिमकोट – एउटा फलफूल नर्सरीको फर्मले ८५ हजार फलफूलका बिरुवा उत्पादन गरेको छ। यसअघि जिल्ला बाहिरबाट खरिद गरेर ल्याउने गरिँदै आएकामा हुम्लाका दुई जना युवा मिलेर फर्ममा फलफूलका बिरुवा उत्पादन सुरु गरेका हुन्।

गत वर्ष स्थापना गरेको फलफूल नर्सरीमा ८५ हजार स्याउ र ओखरका बिरुवा उत्पादन भएको हिमाली अर्गानिक एग्रो फर्मका सञ्चालन सुन्दर रावतले जनाएका छन्।

सधैँ जिल्ला बाहिरबाट फलफूल (स्याउ र ओखर)का बिरुवा जिल्ला बाहिरबाट खरिद गरेर ल्याउँदा स्रोतबाहिर जाने तर जिल्ला बिरुवा उत्पादन गर्न सकिने देखिएपछि सिमकोट गाउँपालिका–५ का दुई जना युवा रावत र डम्मबर रावत मिलेर फर्म दर्ता गरी फलफूल नर्सरी स्थापना गरी बिरुवा उत्पादन गरेका हुन्।

यस वर्ष उक्त नर्सरीमा ८० हजार स्याउ र ५ हजार ओखरका बिरुवा उत्पादन भएका छन्। यस वर्ष दुई हजार ग्राफ्टिङ नगरिएका बिरुवा बिक्री सुरु गरेको फर्मले अर्को वर्ष सबै बिरुवा बिक्री गर्नेछ।

ओखरको प्रतिबोट सात सय र स्याउको ७५ रुपैयाँमा बिक्री गरिनेछ। आगामी वर्षका लागि अहिले नै फर्मलाई स्याउ तथा ओखरका बिरुवाको अर्डर आइसकेको कृषि प्राविधिक रावतले बताए।

दुई रोपनी जमिनमा फलफूलका बिरुवा फर्मले लगाएको छ। फर्मले १० रोपनी जग्गा भाडामा लिएर फलफूल नर्सरी र तरकारी खेती सुरु गरेको हो। तरकारी तथा कलमी नगरिएका बिरुवाबाट यसै वर्ष कमाइ सुरु गरेको फर्मले अर्को वर्ष मनग्य आम्दानी गर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?