व्यङ्ग्य गजल

गाँठो पर्‍यो अन्तै

गाँठो पर्‍यो अन्तै
+
-

राम्रैसँग जोत्यौँ भन्थे राँटो पर्‍यो अन्तै
बिरुवा रोपे ढुङ्गेनमा माटो पर्‍यो अन्तै ।।

पालै पालो हाक्छौँ भन्थे जोडी डाइबरले
गाडी कुद्यो भीरै भीर बाटो पर्‍यो अन्तै ।।

सबै मिली आलोपालो तरौँ जँघार भन्थे
छट्टु पुग्यो खोला पारि लाटो पर्‍यो अन्तै।।

कटेरोको पाखो भत्क्यो तँछाड मँछाडले
टालटुल पार्ने कसरी हो साटो पर्‍यो अन्तै ।।

उस्ले खाए उस्ले हान्ने उस्ले खाए उस्ले
मिलीभगत गरौँ भन्दा फाटो पर्‍यो अन्तै ।।

जुधि जुधि सिङ्ग भाँचियो घाइते भए दुवै
कान्लामुनि ठोक्किएर टाटो पर्‍यो अन्तै ।।

दाम्लो चुँडाइ हिँडे बस्तु अर्कै गोठ तिर
माउ चाहिँ पसिहाल्यो पाठो पर्‍यो अन्तै ।।

मौसम अनुसार रङ फेर्ने छेपारोले जस्तै
यता उता डुलि हिँड्ने बाठो पर्‍यो अन्तै ।।

घुमाइ घुमाइ लट्टा पारे डोरी हात पार्न
छेउ टुप्पो कता कता गाँठो पर्‍यो अन्तै ।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?