हिल्दुम विद्युत् वितरण केन्द्रद्वारा हिटर प्रयोग नगर्न आग्रह

हिल्दुम विद्युत् वितरण केन्द्रद्वारा हिटर प्रयोग नगर्न आग्रह
+
-

सिमकोट – सदरमुकामसहित दुई वटा गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम वितरण केन्द्रले आफ्ना सबै ग्राहकलाई हिटर प्रयोग नगर्न आग्रह गरेको छ।

विद्युत् उत्पादन कम भएको कारण लोड सेडिङ बढेपछि हिटर र बढी पावर तान्ने मेसिन सञ्चालन नगर्न केन्द्रले आग्रह गरेको हो।

हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम हुँदा विद्युत् उत्पादन कम भएको कारण दैनिक लोडसेडिङ बढेकाले हिटर प्रयोग नगर्न ग्राहकलाई आग्रह गरिएको केन्द्रका प्रमुख साजन ऐडीले बताए।

केन्द्रले पाँच सय किलोवाट उत्पादन हुने आयोजनाबाट एक सय ३० देखि ४० किलोवाट मात्र विद्युत् उत्पादन हुन थालेपछि ग्राहकलाई त्यस्तो आग्रह गर्नुपरेको हो।

सर्वपक्षीय बैठक बोलाएर यसलाई कडाइसाथ कार्यान्वयन गर्ने उनले बताए। विद्युत् आएको बेला सबैतिर भान्सामा हिटर प्रयोग हुने र चिसोको कारण हिटर पनि बाल्ने भएकाले लोड नधान्ने भएपछि झ्याप–झ्याप बत्ती जाने समस्या आउने गरेको केन्द्रले जनाएको छ।

हिटर प्रयोग नगर्दा अन्य विद्युतीय सामग्री चलाउन र बत्ती बाल्न मात्र लोडले राम्रो धान्ने देखिएपछि सबैको सहमतिमा केन्द्र उक्त निष्कर्षमा पुगेको हो।

विद्युत् उत्पादन कम भएकै कारण केन्द्रले २० घण्टासम्म लोडसेडिङको मार खेप्नु परिरहेको छ।

हिउँदमा हिउँ कम पर्दा आयोजनाको पानीको मुहानको स्रोत निकै कम भएपछि विद्युत् उत्पादन कम भएको हो। केन्द्रका २ हजार एक सय ग्राहक छन्। हाल विद्युत् आपूर्ति भइरहेको दुई गाउँपालिकाका लागि एक मेघावाट विद्युत् माग छ।

केन्द्रले त्यसैगरी सरकारी कार्यालयबाहेक ६ सय ग्राहकले १६ एम्पिएरको मिटर जडान गरेकोमा त्यसलाई पाँच एम्पिएरमा झार्न कति समय लोडसेडिङ झार्न सकिन्छ त्यसको तयारी पनि गरिरहेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?