बास्कोटालाई लेखासमिति सदस्य तोकिएकामा ट्रान्सपरेन्सी इन्टरनेसनलको ध्यानाकर्षण

+
-

काठमाडौँ – ट्रान्सपरेन्सी इन्टरनेसनल ‘टीआई’ले नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको सिफारिसमा, सेक्युरिटी प्रेस खरिद प्रकरणमा आरोपित तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटालाई प्रतिनिधिसभा सार्वजनिक लेखासमितिको सदस्य तोकिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बाँस्कोटाले ७० करोड रुपैयाँ घुस मागेको ‘अडियो टेप’ सम्बन्धी प्रकरणको छिनोफानो भइसकेको छैन।

लेखासमितिले सेक्युरिटी खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप छानबिन गरी भ्रष्टाचार मुद्दा लगाउन २०७६ फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो।

लेखासमितिले छानबिन गरी मुद्दा नचलाएको विषयमा आयोगसँग जानकारी मागिरहेको अवस्थामा बाँस्कोटालाई लेखा समितिकै सदस्य बनाएपछि यो प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएकाले बाँस्कोटालाई लेखासमितिमा पठाइनु सर्वथा अनुचित भएको विज्ञप्तिमार्फत जनाइएको छ।

साथै, उक्त सिफारिस नेपाल सरकारको भ्रष्टाचार विरुद्धको ‘शून्य सहनशीलता’ नीतिको प्रतिकूल भएको र बाँस्कोटालाई लेखा समितिको सदस्य बनाइनु संसदीय मान्यता, पद्धति र स्वार्थको द्वन्द्व सिद्धान्त प्रतिकूल भएकाले यो विषयमा संसद् र एमाले संसदीय दल दुवै गम्भीर हुनुपर्ने बताइएको छ।

मुलुककै ठूलो र जिम्मेवार सत्तारुढ पार्टीले आरोपित व्यक्तिलाई लेखासमितिमा पठाउने कार्य सुशासनविरुद्ध भएकाले उक्त निर्णय तत्काल फिर्ता लिन ट्रान्सपरेन्सी इन्टरनेशनल ‘टीआई’ नेपालले माग गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?