
नेपालगञ्ज – पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको कोहलपुर रोहिनी खोला नजिकै बस र टिपर एकआपसमा ठोकिदा ५ जनाको मृत्यु भएको छ। ३५ जना घाइते भएका छन्।
सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नंम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आएको अनटेस्ट मालबाहक टिप्पर शुक्रबार साँझ ६ बजे एक आपसमा ठोकिँदा ५ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रवीन्द्र खनालले जानकारी दिए।
घटनामा परी घाइते भएका ३५ जनामध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।