कर्णाली करिडोरको बाँकी काम सेनालाई जिम्मा दिन आग्रह

कर्णाली करिडोरको बाँकी काम सेनालाई जिम्मा दिन आग्रह
+
-

सिमकोट– कर्णाली करिडोरको हुम्ला खण्डको चट्टानी भाग छारे क्षेत्रको सडक निर्माणको जिम्मा सेनालाई दिन हुम्लाका जनप्रतिनिधिले सरकारसँग आग्रह गरेका छन्।

निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने अवस्था देखिएपछि सेनाको जिम्मा दिन हुम्लाका जनप्रतिनिधिले माग गरेका हुन्।

जनप्रतिनिधिकै मागअनुसार कर्णाली करिडोरको खुलालु लैफु हुँदै सलिसल्लासम्मको सडक निर्माणको जिम्मा सेनालाई लगाएको स्मरण गर्दै अब खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना पर्ने छारेखण्डको चट्टानी भागको काम गर्ने जिम्मा पनि सेनालाई दिँदा उपयुक्त हुने नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले बताए।

‘सडक स‍ञ्जाल नजोडिएकै कारण सधैँ समस्याग्रस्त हुम्लावासीको समस्या समाधान गर्न करिडोरको काम चाँडो सम्पन्न गर्न आवश्यक छ’, उनले भने।

प्रधानमन्त्रीले ०७८ सालमा हुम्लाको सदरमुकाम सिमकोटसम्म सडक पुर्‍याउने कुरा पटक–पटक सार्वजनिक कार्यक्रममा बोल्दै आएबाट पनि त्यो पूरा गर्न सेनाकै जिम्मा दिँदा उपयुक्त हुने उनको भनाइ छ।

‘सेनाले काम गर्‍यो भने एक–डेढ वर्षसम्म उक्त क्षेत्रको काम सम्पन्न गर्न सक्छ’, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?