
बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए।
तीन दलले दर्ता गराएको अविश्वासको प्रस्तावमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ।
४१ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेको खानले बताए। अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन्।