सिमकोट विमानस्थलमा हुम्ला भित्रिने यात्रुको स्वास्थ्य जाँचमा कडाइ

सिमकोट विमानस्थलमा हुम्ला भित्रिने यात्रुको स्वास्थ्य जाँचमा कडाइ
+
-

सिमकोट– नेपालगंज र सुर्खेत हुँदै हुम्ला जिल्ला भित्रिने हवाई यात्रुहरुलाई सिमकोट विमानस्थलमा कडाईका साथ स्वास्थ्य जाँच गर्न थालिएको छ।

जिल्ला बाहिरबाट आउने यात्रुहरुबाट कोरोना संक्रमण भित्रिने सम्भावना बढी देखिएपछि विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य जाँच कडाईका साथ गर्न थालिएको हो।

बिहीबार नेपालगंजबाट सिमकोट आएका यात्रु रोशन बोहराले विमानस्थलबाट बाहिरीने क्रममा स्थापना भएको हेल्थ डेस्कमा स्वास्थ्य चाँजका साथै व्यक्तिगत विवरण लिने गरिएको बताए। कोरोना संक्रमण बढेका बेला स्वास्थ्य सुरक्षाका लागि आफूसँग आएका सबै यात्रुको चेकजाँच भएकाे उनले बताए।

जिल्ला कोभिड संक्रमण व्यवस्थापन कमिटी (डिसिसिएमसी)को निर्णयअनुसार स्वास्थ्य सेवा कार्यालयले एक जना चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मीले विमानस्थलमा स्थापना भएको छ।

हेल्थ डेस्कमा चेकजाँच गराएर यात्रुहरुलाई पठाउने कार्य सुरु भएको चिकित्सक टासी आङ्जु लामाले जानकारी दिए। यसका लागि स्वास्थ्यकर्मीको टोली बिहान उडान सुरु भएदेखि उडान भरुन्जेलसम्म विमानस्थलको हेल्थ डेस्कमा बस्ने जिल्लिा भित्रिएका यात्रुको चेकजाँच गर्ने गरिन्छ।

उनीहरुलाई सुरक्षाकर्मीले पनि सघाइरहेका छन्। हेल्थ डेस्कमा जिल्ला भित्रिने यात्रुको तीन पुस्ते विवरण, ठेगाना, सम्पर्क नम्बर राख्ने गरिएको छ।

कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य चेकजाँच गर्दा बाहिरबाट आएका यात्रुहरुमा कोरोनाको कुनै लक्षण देखिए तत्काल एन्टिजेन किटबाट परीक्षण गरिने व्यवस्था पनि मिलाइएको छ। लक्षण नदेखिएको भए सामान्य तापक्रम नाप्ने गरिन्छ।

यस्तै हेल्थ डेस्कमा व्यक्तिगत विवरण उल्लेख गरिएका यात्रुहरुले दश दिनसम्म स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने व्यवस्था गरिएअनुसार सम्पर्क आउने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?