
सिमकोट – हुम्ला जिल्ला एक साताका लागि सिल गरिने भएको छ। नेपालगञ्ज सुर्खेतबाट सोमबार जिल्ला भित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि सम्भावित जोखिम कम गर्न स्थानीय प्रशासनले जिल्लालाई सिल गर्न लागिएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले वैशाख २१ गते राति १२ बजेबाट वैशाख २८ गते राति १२ बजेसम्म जिल्लालाई सिल गरिएको बताए।
यो अवधिमा हवाई यातायातसमेत बन्द रहने भएको छ।
त्यससँगै जिल्लाका दक्षिणी क्षेत्रका कवाडी, बालुकुना र चंखेली नाका समेतबाट सिल गरिएको छ।
उक्त अवधिमा मानिसको आउजाउसमेत बन्द हुने आदेशमा उल्लेख छ।
यो सिलको अवधिमा निम्न सेवा मात्र गर्न पाइनेछः
– स्वास्थ्य, शान्ति सुरक्षा, सूचना रञ्चार, खोनेपानी, फोहोर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएम सेवा,
– जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गरी दैनिक उपभोग्य वस्तु – तरकारी, खाद्य, दूध, ग्यास) पसल बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाइनेछ।
यो अवधिमा सञ्चालन गर्न पाइने सेवा तथा साधन
– बिरामी तथा सुरक्षाकर्मी बोकेको सवारी साधन मात्र,
साथै, आदेशमा यो लागू हुँदाको बखत सीमा नाकाबाट जिल्ला प्रवेश गरी गन्तव्य स्थानमा पुगिनसकेका नागरिकका लागि भने सम्बन्धित सुरक्षा निकाय र गाउँपालिकाको समन्वयमा गन्तव्यसम्म पुग्न सकिने उल्लेख छ ।