जसपाले सांसद खोसेका लुम्बिनीका दुई जना बने मन्त्री

जसपाले सांसद खोसेका लुम्बिनीका दुई जना बने मन्त्री
+
-

बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री पोखरेलले सोमबार कल्पना पाण्डे लम्साललाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन्।

नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र राज्यमन्त्रीलाई मुख्यमन्त्री पोखरेलले पथ तथा गोपनीयताको शपथ खुवाएका छन्।

सोमबार नियुक्त भएका दुवै जनालाई मुख्यमन्त्रीले अविश्वासको प्रस्तावको विपक्षमा उभिएपछि वैशाख ६ गते एकाएक मन्त्रिमण्डल विस्तार गर्दै दुवै जनालाई साविक मन्त्रालयमा नियुक्त गरेका थिए।

उनीहरू जनता समाजवादी पार्टीबाट निर्वाचित भए पनि पार्टी निर्णयविपरीत मुख्यमन्त्रीलाई साथ दिएको भन्दै जसपाले सांसद पद खोसेको थियो।

मुख्यमन्त्री शंकर पोखरेलको ७ सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित एमालेका ३ जना छन् भने जसपामा राज्यमन्त्रीसहित ४ जना पुगेका छन्।

यसअघि आइतबारै मुख्यमन्त्री पोखरेलले वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना, सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार विकास, हरि रिजाललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?