
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आफू पक्षीय एमाले स्थायी कमिटी बैठक सकेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
ओली बालुवाटारमा आफू पक्षीय एमाले स्थायी कमिटी बैठक सकेर शीतल निवास पुगेका हुन्। स्थायी कमिटी बैठक बिहान १० बजेपछि बसेकाे थियाे ।
आगामी वैशाख २७ गते विश्वासको मत लिने गरेका ओलीले हिजो प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापतिसहित ६ शीर्ष नेताहरुसँग संवाद गरेका थिए।