कोरोना त्रासले निषेधाज्ञा जारी रहेका बेला परीक्षा सञ्चालन

कोरोना त्रासले निषेधाज्ञा जारी रहेका बेला परीक्षा सञ्चालन
+
-

सिमकोट— कोरोना संक्रमणको त्रास बढेर निषेधाज्ञा जारी रहेका बेला जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाले वार्षिक परीक्षा सञ्चालन गरिरहेको छ।

कोरोना संक्रमण नदेखिएको र परीक्षाको झन्झटबाट उम्किनका लागि जिल्लाभरि निषेधाज्ञा जारी रहेका बेला उक्त गाउँपालिकाले वार्षिक परीक्षा सञ्चालन गरेको हो।

वैशाख २१ गतेबाट जिल्लाभरि निषेधाज्ञा जारी गरिए पनि उक्त गाउँपालिकाले सोही दिनबाट गाउँपालिकाभरिका विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरेको स्थानीय पवित्रा देवकोटाले बताइन्।

२१ र २२ गते एक–एक वटा विषयको परीक्षा सञ्चालन गरेपछि २३, २४ र २५ गते भने दुई–दुई विषयको परीक्षा लिएर वार्षिक परीक्षा सम्पन्न गर्न लागिएको छ।

गाउँपालिकाले आन्तरिक रूपमा परीक्षा सञ्चालनको सहमति दिए पनि बाह्य रूपमा भने परीक्षा सञ्चालनको अनुमति सर्कुलर मौखिक रूपमा नदिएको भन्न विद्यालयलाई लगाएको एक विद्यालयका प्रधानाध्यापकले जानकारी दिए।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर रोकायाले अहिलेको यो कोरोना संक्रमणको अवस्थादेखि डराउनुपर्ने नभएको र विद्यालयको वार्षिक परीक्षा सम्पन्न हुन लागेको बताए।

कोरोना संक्रमण खासै नभएको बताउँदै गाउँपालिकाले परीक्षा सञ्चालन गरेको जनाएको छ। उक्त गाउँपालिकामा ३२ वटा विद्यालय छन्।
यसअघि खार्पुनाथ र ताँजाकोट गाउँपालिकाले पनि वार्षिक परीक्षा सम्पन्न गरिसकेका छन्।

उक्त गाउँपालिकाभरि रुघाखोकीका बिरामी दैनिक रूपमा बढिरहेका छन्। तर, हालसम्म कोरोना संक्रमणको परीक्षण भने हुन सकेको छैन।

यसरी कोरोना महामारीले त्रास बढेर निषेधाज्ञा जारी भएका बेला परीक्षा सञ्चालन गर्ने विद्यालयलाई कारबाहीको दायरामा ल्याउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?