पाँच सय थान एन्टिजिन किट जिल्लामा आइपुगे

पाँच सय थान एन्टिजिन किट जिल्लामा आइपुगे
+
-

सिमकोट – जिल्लामा अभाव भएका बेला स्वास्थ्य सेवा कार्यालयले नयाँ एन्टिजिन किट खरिद गरेर ल्याएको छ।

कोरोना संक्रमणका लक्षण देखिएका ब्यक्ति भेटिएका बेला परीक्षण गर्ने किट अभाव भएको समयमा स्वास्थ्य सेवा कार्यालयले आफ्नै स्रोतबाट किट खरिद गरेर जिल्लामा हवाई मार्गबाट ढुवानी गरेर ल्याएको हो।

कार्यालयसँग नौ वटा मात्र एन्टिजिन किट बाँकी भएको बेला पाँच सय थान नयाँ एन्टिजिन किट खरिद गरेर जिल्लामा आइपुगेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए।

कार्यालयको स्रोतबाट सुर्खेतमा किट खरिद गरेर हवाईमार्गबाट जिल्ला आइपुगेको उनले बताए। सुर्खेतबाट किट हुम्ला ल्याउनका लागि निकै कसरत गर्नुपरेको थियो। किट जिल्लामा आएपछि अब सम्भावित कोरोना संक्रमणको आशंका लागेको व्यक्तिको परीक्षण गर्न सहज हुनेछ।

किटको अभाव हुँदा कोरोना परीक्षणको दायरा बढाउन सकिएको थिएन। किटको भेरिफिकेसनपछि मात्र प्रयोगमा ल्याइने भएको छ।
किट अभाव भएपछि सम्भावित कोरोना सक्रमणका बिरामीलाई परीक्षण गर्ने बाटो खुलेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?