
चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा खसेको छ। नेपाली समय अनुसार आइतबार बिहान चिनियाँ रकेटको भग्नावशेष माल्दिभ्स नजिकै इन्डियन ओसनमा खसेको हो।
केही विज्ञहरुले रकेटको भग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा खस्ने बताएका थिए। तर अन्ततः इन्डियन ओसनमा रकेटको भग्नावशेष खसेको हो।
लङ्ग मार्च–५ बी रकेटको मुख्य भाग खसेको हो। गएको महिना चीनको नयाँ अन्तरिक्ष केन्द्रको स्थापनाका लागि प्रक्षेपण गरिएको रकेटको अंश खसेको हो।
भग्नावशेषको अधिकांश भाग पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै जलेको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
२१ टन तौलको रकेट भग्नावशेष पृथ्वीको वायुमण्डलमा आएको यो केही दशक यताकै पहिलो घटना हो।