
सिमकोट– हुम्लामा थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार १२ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जानकारी दिए। यससँगै हुम्लामा कोरोना संक्रमितको संख्या १५ पुगेको छ।
यसअघि वैशाख १९ गते नेपालगंज र सुर्खेतबाट आएका आठ जनामा कोरोना पुष्टि भएको थियो।
कोरोना संक्रमित १५ जनामध्ये १३ जना पुरुष दुई जना महिला रहेका छन्। १० जना संक्रमितलाई रानीवनको आइसोलेसन र पाँच जना होम आइसोलेसनमा रहेको सिंहले बताए।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।