सर्केगार्ड गाउँपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण

सर्केगार्ड गाउँपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण
+
-

सिमकोट– सर्केगार्ड गाउँपालिका स्वास्थ्य संयोजक कोरोना संक्रमित भएका छन्।

कार्यालय कामको सिलसिलामा गाउँपालिकाबाट सदरमुकाम सिमकोट आएका संयोजक धामीले बुधबार बिहान एन्टिजेन किटबाट स्वास्थ्य परीक्षण गर्दा कोरोना पुष्टि भएको हो।

गाउँपालिकाबाट जिल्लामा आउने क्रममा ज्वरो आए पनि अन्य केही नभएको तर शंका लागेपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको रानीवन आइसोलेसनमा रहेका संयोजक धामीले बताए।

अन्य लक्षण केही नभएको तर स्वास्थ्य परीक्षण गर्दा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य संयोजकसँगै अन्य ६ जनाको परीक्षण गरिएकामा एक जना अर्का पुरुषको पनि कोरोना पुष्टि भएको छ।

हुम्लामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ। लामो समय ग्रिनजोन रहेको हिमाली जिल्ला हुम्लामा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

कोरोना परीक्षणका किट जिल्लामा आइपुगेसँगै परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या बढ्दै गएको हो। दोस्रो चरणको कोरोना संक्रमणको परीक्षण गर्दा जिल्लामा पहिलो पटक वैशाख १९ गते नेपालगञ्ज र सुर्खेतबाट आएका आठ जनामा कोरोना भएको थियो।

कोरोना संक्रमितमध्ये १५ जना पुरुष र दुई महिला रहेका थिए। कोरोना पुष्टि भएकामध्ये १६ जना रानीवनको आइसोलेसन र एक जना होम आइसोलेसनमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?