१४४ मेगावाटको कालीगण्डकीबाट आधामात्र बिजुली

+
-

फलेवास,पर्वत- मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ।

चिसो मौसमसँगै नदीको वहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १ सय ४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा झरेको छ।

पानीको वहाव घटेपछि उत्पादन पनि कम हुँदै गएको आयोजना प्रमुख राजेश पाण्डेले जानकारी दिए। ‘हिउँदमा प्रायःगरी उत्पादन घट्ने भए पनि यस पटक ५५ प्रतिशतभन्दा पनि बढी घटेको छ,’ उनले भने, ‘वर्षायाम जस्तो फुल फेजको प्रोडक्सन भएको छैन।’ पाण्डेले कालीगण्डकी मात्र नभई अन्य सहायक नदी र मूल सबैमा पानी घटेकाले असर परेको बताए।

उक्त आयोजनामा वर्षायाममा तीन वटै टर्बाइनबाट विद्युत् उत्पादन हुने र तर अहिले एउटा मात्र टर्बाइनबाट विद्युत् उत्पादन हुने गरेको छ। पानीको सतह कम हुँदा हिउँदमा दुई टवाईन बन्द हुने गरेका छन्। ‘नदीमा पानीको स्तर दिनदिनै घटेको छ,’ उनले भने, ‘गएका वर्षभन्दा योपल्ट नदीको वहाव अझै बढी मात्रामा घटेको हो।’

बिहान–बेलुकी पानी सञ्चित गरी पूर्णस्तरमा नै विद्युत् उत्पादनको प्रयास भए पनि दिउँसोको उत्पादन ८० मेगावाटमा झरेको छ। यस पटक गत असोज अन्तिमदेखि नै कालीगण्डकी नदीको वहाव क्रमिक रूपमा घटदै गएको छ। गत असोजदेखि वर्षा पनि नभएकाले गत वर्षभन्दा पानीको बहाब घटेको आयोजनाले जनाएको छ।

यस्तै पर्वत जिल्लाका अन्य जलविद्युत् केन्द्रमा पनि विद्युत् उत्पादन घटेको छ। चौध दशमलब आठ मेगावाटको मोदीखोला, १० मेगावाटको तल्लो मोदीखोला–१ र एक मेगावाटको पातीखोला जलविद्युत् केन्द्रमा पनि उत्पादन झण्डै ५० प्रतिशतले कमी आएको आयोजनाहरुले जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?