दुई भिन्न खोपका मात्रा मिसाएर दिँदा सुक्ष्म तथा मध्यम खालका साइडफेक्ट तुलनात्मक रुपमा बढि

दुई भिन्न खोपका मात्रा मिसाएर दिँदा सुक्ष्म तथा मध्यम खालका साइडफेक्ट तुलनात्मक रुपमा बढि
+
-

कोरोना भाइरस विरुद्धको दुई भिन्न खोपका मात्राहरु मिसाएर दिँदा साइडइफेक्टका घटना बढि हुने एक अध्ययनले देखाएको छ ।

अक्सफोर्ड एस्ट्राजेनेका र फाइजर खोपको मात्रा मिसाएर दिँदा सुक्ष्म तथा मध्यम तहका साइड इफेक्टहरुको बढि देखिएको हो ।

भिन्दाभिन्दै खोपका मात्राहरु मिसाउँदा टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो आउनेसहितका साइड इफेक्टहरु बढि देखिएका हुन् । ती सबै साइडइफेक्टहरु अल्पकालीन रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक अरु कुनै पनि सुरक्षा सम्बन्धी खतरा भने नदेखिएको जनाइएको छ ।

अक्सफोर्डको खोप समूहका प्राध्यापक म्याथ्यू स्नापले भनेका छन्, ‘यो अति चाखलाग्दो निष्कर्ष हो जसको अपेक्षा हामीले गरेका थिएनौँ ।’

गएको फेब्रुअरीमा द कम–कोभ अध्ययन सुरु गरिएको थियो । यो अध्ययनको क्रममा खोपको पहिलो मात्रा एउटा र दोस्रो मात्रा अर्को खोपको दिँदा हुने असर वा प्रभाव हेरिएको हो ।

क्यानडाका दुई राज्य अनतारिओ र क्वेबेकले निकट भविष्यमा दुई खोपका मात्राहरु मिसाएर दिने योजना बनाएको बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा भएको अध्ययनमा ५० वर्षमाथिका ८३० जना सहभागी भएका थिए । त्यसमा गम्भीर साइड इफेक्ट नदेखिए पनि तुलनात्मक रुपमा सुक्ष्म तथा मध्यमखालका साइड इफेक्ट भने एउटै खोपको दुई मात्रा लगाउनेमा भन्दा बढि देखिएको हो ।

अध्ययनको प्रारम्भीक प्रतिवेदन द लान्सेटमा प्रकाशित भएको छ । यसको पूर्ण प्रतिवेदन चाँडै सार्वजनिक हुने जनाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?