सर्केगार्ड गाउँपालिकामा पनि देखिए कोरोना संक्रमित

सर्केगार्ड गाउँपालिकामा पनि देखिए कोरोना संक्रमित
+
-

सिमकोट – जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकामा पनि कोरोना संक्रमित देखिएका छन्।

गाउँपालिकाको वडा नम्बर ५ को गोठी गाउँमा एन्टिजिन किटबाट गरिएको कोरोना परीक्षणमा चार जनामा कोरोना देखिएको हो।

गोठी गाउँमा पालिका केन्द्र सर्केगार्डबाट आएको स्वास्थ्यकर्मीको टोलीले गरेको कोरोना परीक्षणमा चार जना पुरुषमा कोरोना पुष्टि भएको वडाध्यक्ष कर्णजंग शाहीले जानकारी दिए।

सो गाउँमा कोरोना संक्रमणका लक्षणसँग मिल्ने बिरामीहरु देखिएक पछि सदरमुकाम सिमकोटबाट लगिएका किटबाट परीक्षण गरिएको थियो। अब सिमकोट, ताँजाकोट र सर्केगार्ड गाउँपालिकामा कोरोना संक्रमित देखिएका छन्। यसअघि जिल्लामा कोरोना संक्रमितको संख्या हालसम्म ३७ जना पुगेको थियो। अब त्यो संख्या ४१ पुगेको छ।

पछिल्लो पटक सिमकोट र ताँजाकोट गाउँपालिकाका पाँच वटै वडामा एन्टिजिन किटबाट गरिएको कोरोना परीक्षणमा नौ जना संक्रमित देखिएका थिए।

ताँजाकोट गाउँपालिका पाँच वटै वडामा १९ जना कोरोना संक्रमित देखिएका छन् । यता पछिल्लो पटक जिल्ला अस्पतालमा गरिएको परीक्षणमा एक जना पुरुष संक्रमित देखिएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन्। योसहित जिल्ला अस्पतालमा कोरोना पुष्टि भएकाको संख्या १९ जना पुगेको छ।

कुन संक्रमितमध्ये आठ जना कोरोना जितेर घर फर्किएका छन्। बाँकी ३३ जनाको स्वास्थ्य अवस्था सामान्य छ।

संक्रमित सबै आइसोलेसन र होम आइसोलेसनमा रहँदै आएका छन्। कुल संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट जुम्ला लगिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?