
सिमकोट – गाउँपालिका स्तरमा परीक्षणको दायरा बढेसँगै हुम्लामा कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गएको छ।
ग्रामीण भेगमा पर्ने दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना परीक्षण गर्ने क्रम बढेपछि संङक्रमितको संख्या बढ्दै गएको हो ।
लामो समय ग्रीन जोनका रुपमा रहेको हुम्लाका ग्रामीण बस्तीहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ।
पछिल्लो परीक्षणसँगै जिल्लामा संक्रमितको संख्या ८१ पुगेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताए।
पछिल्लो परीक्षणमा सिमकोटमा एक जना, अदाचलीमा तीन जना र चंखेली गाउँपाकिलामा गरि पाँच जना नयाँ संक्रमित देखिएका हुन्।
सिमकोट गाउँपालिकामा मात्रै संक्रमितको संख्या २१ जना पुगेको छ ।
सर्केगार्ड गाउँपालिकामा १२, चंखेली गाउँपालिकामा ११, अदानचुली गाउँपालिकामा आठ जना र ताँजाकोट गाउँपालिकामा २९ जनामा संक्रमण पुष्टि भएको छ।