हुम्लाका राजनीतिक दलको चेतावनीः आन्दोलनबाट ओली सरकारको पत्तासाफ गर्नुपर्छ

हुम्लाका राजनीतिक दलको चेतावनीः आन्दोलनबाट ओली सरकारको पत्तासाफ गर्नुपर्छ
+
-

सिमकोट– पटक पटक असंवैधानिक कदम चालेर देशलाई अनिर्णयको भुमरीमा पारेको भन्दै हुम्लाका विभिन्न राजनीतिक दलहरुले आन्दोलनबाट ओली सरकारको पत्तासाफ गर्नुपर्ने बताएका छन्।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको विघटन गर्ने असंवै‌धानिक कदमविरुद्ध जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने चेतावनी दिएका हुन्।

आन्दोलनको आँधिबेहरीबाट ओली सरकारलाई परास्त गर्नुपर्ने कांग्रेस जिल्ला सभापति जयपति रोकायाले बताए।

अहिले के भयो भन्दा पनि विधि र पद्धति राष्ट्रपतिजस्तो निकायबाट मिचिएकोमा हुम्लाका दलहरुले त्यसप्रति खेदसमेत व्यक्त गरेका छन्।

नेपाली जनताको लामो कठोर आन्दोलन, संघर्ष, त्याग र बलिदानीबाट प्राप्त नेपालको संविधानमाथि असंवैधानिक रुपमा पदमा आसिन प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक प्रहार गरी प्रतिनिधिसभा विघटन गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार बन्ने सम्भावना हुँदाहुँदै असंवैधानिक तवरबाट संसद विघटन गरिएकोप्रति हुम्लाका राजनीतिक दलहरुले आपत्ति जनाएका हुन्।

विज्ञप्तिमा कांग्रेस सभापति जयपति रोकाया, माओवादी केन्द्रका अध्यक्ष लालकेश जैसी, नेकपा एमाले सचिव (माधव पक्ष ) तीर्थराज रोकाया, जनता समाजावदी पार्टीका सचिव भैरव बहादुर शाही र जनमोर्चाका अध्यक्ष वल भण्डारीको हस्ताक्षर रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?